रुमको तामिङ पहिरोमा एकै परिवारका पाँचको मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् ।

तामिङका ३७ वर्षीय घामबहादुर बिकका श्रीमति, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । डिएसपी तिलक भारतीले दूई जनाको बिहानै र तीन जनाको दिउँसो शव भेटिएको जानकारी दिनुभयो ।

‘घामबहादुर, उनकी श्रीमति ३२ वर्षीया राममाया बिक र ८ वर्षीया छोरी रोजीको शव स्थानीयबासी र प्रहरीको टोलीले पहिरोमा भेटाएको हो,’ उनले भने ‘घामबहादुरका छोराहरु वर्ष १३ का राजन र १५ वर्षीय नविन बिहान मृत भेटिएका थिए ।’

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मृतक सबै एकै परिवारका भएका स्थानीयबासी गिता बुढाथोकीले बताइन् । ‘बिहान करिब ५ बजे सुतिरहेको अवस्थामा पाखोबाट आएको पहिरोले घामबहादुरको घर पुरेको थियो,’ उनले भनिन् । पहिरोमा भाग्ने क्रममा घाइते भएका गोठे बिक र उनकी श्रीमति गोरी बिक घाइते भएका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहेका उनिहरुको रुम स्वास्थ्य चौकीमा उपचार गरिएको छ । पहिरोमा घामबहादुरको दुई वटा खच्चर मरेका छन् । गोठमा जिवितै रहेको एक वटा भैसीलाई गाउँलेले अन्यत्र सारिदिएका छन् ।

घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ । निरन्तरको बर्षातका कारण सडक अवरुद्ध भएकाले दरवाङबाट प्रहरी र उद्दारकर्ताको टोली घटनास्थल पुग्न समस्या भएको थियो । बर्षातसँगैको पहिरोले संरचनामा क्षति पुगेकाले विद्युत आपुर्ति बन्द भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...