रुमको तामिङमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

Add Samajik bikash office

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।
घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ ।
गोठे र उहाँकी श्रीमति गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक वेपत्ता भएका हुन् । स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधी र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिडेको बताउनुभयो । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...