पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

Gandaki Pardesh notice

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् ।

मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष एकजित रोकाले पैयुपाटाका शिरबहादुर किसान र ओखराका माया किसानको घर भत्किएको बताउनुभयो ।

Bhautik ministry notice about road

किसानद्धयका परिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा राखिएको वडा अध्यक्ष रोकाले बताउनुभयो । भूकम्पले जिर्ण बनाएको शिरबहादुरको घर संरक्षणका लागि यसअघि पनि गाउँपालिकाले ग्यावीयन जाली उपलब्ध गराएको थियो । मायाको घरको एउटा कोठी भत्किएको हो ।

Shreekrishna hardwear in news

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीका जक्करबहादुर खड्काको घर भत्किएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । वडा अध्यक्ष लोकबहादुर फगामीको नेतृत्वमा जनप्रतिनिधीहरुको टोलीले त्रिपाल र नगद रु. दश हजार उपलब्ध गराएर थप सहयोगका लागि गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...