दुखखोलाको सडक पुल जोखिममा

Sinchai Khanipani notice

बेनी, म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल जोखिममा परेको छ ।

दुखुखोलामा आएको बाढीले सोमबार दिउँसो पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएपछि बेनी–दरवाङ सडक अन्तरगत पर्ने दुखुखोलाको सडक पुल जोखिममा परेको हो ।

Bhautik ministry notice about road

मंगला गाउँपालिका–२ का श्रीराम पौडेलले बाढीले कटान गरेर मालिका गाउँपालिका तर्फको ग्यावीयन पर्खाल लडाएको जानकारी दिनुभयो । “ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो “पुल र आवत जावत गर्न दुर्घटनाको जोखिम भएको छ ।”

Shreekrishna hardwear in news

बेनी–दरवाङ मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले वि.स. २०७६ मा दुखुखोलामा रु. दुई करोड २५ लाख ६० हजार ८२३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति अन्तरगतको ड्रिलिप मार्फत वि.स. २०६७ देखि शुरु भएको दुखुखोलाको पुल निर्माण कार्य दश वर्षमा सकिएको थियो । पुलतल दुखुखोलाको बाढीले मंगला गाउँपालिका २ सहश्रधाराको बस्तितर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...