यातायात सेवा प्रभावित

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनी देखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ ।

बर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरिमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । काम विशेषले हिडेका सर्वसाधारणलाई गन्तब्यमा पुग्न समस्या भएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बाग्लुङ–बेनी बाहेकका अन्य प्रमुख सडक अवरद्ध बनेका जानकारी दिनुभयो ।

मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उहाँले बताउनुभयो । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर रातीदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधिन अवस्थामा छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी देखि पोखरा, काठमाडौ लगायत सहरमा जाने आउने सवारी साधनहरुलाई बागलुङ–बेनीको बैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडकक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ ।

जलेश्वरमा पहिरोले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो । यसैगरी मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ ।

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवत जावत गर्न नसक्ने अवस्था छ । बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरेपनि निरन्तरको बर्षातका कारण समस्या भएको छ ।

शनिबारदेखि म्याग्दीमा निरन्तर बर्षा भइरहेको छ । म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीहरुमा बाढीको सतह बढेको छ । तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...