श्रेष्ठको ‘तिम्रै यादमा’

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ ।

श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा र पौलत्स्य साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर बानियाले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

Bhautik ministry notice about road

४४ वर्ष शिक्षण पेशा गर्नुभएका कलाकार समेत रहनुभएका श्रेष्ठले यसअघि ताली र गाली लघु कथा संग्रह प्रकाशन गर्नुभएको थियो । रेल पुग्यो बम्बईमा, भेट भयो सलल, दोभान व्याण्डको पहिलो नजर र जिस्की नहिड जस्ता लोकपप गीतका सर्जक श्रेष्ठ हुनुहुन्छ ।

Shreekrishna hardwear in news

श्रेष्ठले भावि दिनहरुमा पनि सृजनालाई निरन्तरता दिने बताउँदै पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गर्नुभयो । गीति सङ्ग्रहको साहित्यकार रामप्रसाद सुवेदीले समालोचना गर्नुभएको थियो ।

जेष्ठ नागरिक सेवा केन्द्रले साउन १५ गतेको अवसर पारेर खिर खाने तथा पुस्तक विमोचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष कर्माचार्य, साहित्यकार अजयमिलन श्रेष्ठ, सेवा केन्द्रका उपाध्यक्ष नैनकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...