उत्साही समुहमा पुन : श्रेष्ठ

Gandaki Pardesh notice

बेनी, । जलजला गाउँपालिकाको वारीबेनीमा रहेको उत्साही युवा समूहको अध्यक्षमा पुन सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

समूहको शनिबार भएको अधिवेशनले दोस्रो कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । समुहको उपाध्यक्षमा किरन कार्की, सचिवमा राजकुमार परियार, सहसचिवमा सञ्जन सुवेदी र कोषाध्यक्षमा दिलिप राम्जाली चयन भएका छन् ।

Bhautik ministry notice about road

सदस्यहरुमा स्वदेश श्रेष्ठ, सरोज जिसी, रामजी थापा, रमेश पौडेल, महेश श्रेष्ठ, मदन रेग्मी, सन्जय कार्की, आशिष भुजेल चयन हुनुभएको छ । सल्लाहकारहरुमा संस्थापक अध्यक्ष दिलिप बरुवाल, बिक्रम सुवेदी, महोहर श्रेष्ठ, वडा सदस्य ठाकुर रेग्मी, शिव आचार्य, राजु कडेल, कालीगण्डकी आमा समुह र लायन्स क्लव अफ मल्लाजलाई चयन गरिएको छ ।

Shreekrishna hardwear in news

समूहले वारीबेनीमा खेलकुदको विकास, कला र संस्कृतिको संरक्षण, सरसफाई, सामाजिक विकृति विरुद्धको अभियान, विपद् व्यवस्थापन लगायतका सामाजिक काम गर्दै आएको छ । समूहको पहिलो बैठकले हरेक महिनामा बस्ने बैठकमा कार्यसमितिद्धारा रु. एक सय संकलन गरी आपत विपद्मा परेकालाई सघाउन कोष बनाउने निर्णय गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...