पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न

Add Samajik bikash office

बेनी, । बेनीमा शनिबार पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न भएको छ ।

नबिन आनन्द योग केन्द्र, नेपालको आयोजनामा साउन १ गतेदेखि शुरु भएको कार्यक्रममा एक सय जना भन्दा बढी योग साधकहरुको सहभागिता थियो । नेपाल भाषा मंका खलको सभाहलमा सञ्चालन भएको कार्यक्रमको तपस्वि वैराग्यवान सन्त शुभ साहेवले आहर, बिचार र व्यवहार मार्फत तनाव व्यवस्थापन र स्वस्थ रहने विषयमा प्रवचन दिनुभएको थियो ।

कार्यक्रम समापनका क्रममा बत्ताहरुले बेनीमा योगहल निर्माणको आवश्यकता रहेको बताएका थिए । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गास, वास र कपासको व्यवस्थापनसँगै शिक्षा र स्वास्थ्यको आवश्यकता पुर्तिका लागि नगरपालिकाले जोड दिएको बताउदै बेनीबासीको स्वास्थ्यका लागि योगहल बनाउन सघाउने प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news

सकारात्मक सोच र भावनाको विकास, तनाव व्यवस्थापन र स्वस्थताका लागि बेनीमा योगलाई निरन्तरता दिन आवश्यक रहेको नगर प्रमुख केसीको भनाई थियो । वैराग्यवान सन्त शुभ साहेवले योग अभ्यासका लागि पूर्वाधारको आवश्यकता प्रमुख भएकाले म्याग्दी जिल्लाको साझा सम्पत्तिको रुपमा योगाश्रम बनाउन सुुझाव दिनुभयो ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्माले समुदायको अगुवाईमा बनाउन लागिएको योगहलका लागि स्रोत जुटाउन प्रदेशसरकारसँग समन्वय गर्ने बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रका सञ्चालक रिना दिदीले अस्वस्थ्य खानपान, व्यवहार र तनावका कारण धेरै रोगको सिर्जना भएकाले त्यसबाट बच्नका लागि योग ध्यानको आवश्यकता पर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा सहभागि नेत्रबहादुर महतले योग अभ्यासबाट आफूलाई तनाव व्यवस्थापन, शारिरिक स्फुर्ति र निरोगी रहन सहयोग पुगेको अनुभव सुनाउनुभयो । योग साधन छेमप्रसाद गर्बुजाले योगहल निर्माणमा आवश्यक पर्ने रु. एक लाख पचास हजार मूल्य बराबरको फर्निचर सहयोग गर्ने घोषणा गर्नुभयो ।

बेनीको क्याम्पसचोक माथि योगआश्रम बनाउन स्वर्गीय रत्नप्रसाद श्रेष्ठको नाममा ३ आना जग्गा नविन आनन्द योग केन्द्रलाई दान गर्नुभएका रत्नप्रसादका छोरा नारायणप्रसाद श्रेष्ठ र बुहारी अम्बिकाले सो कार्यक्रममा भवन बनाउन नगद रु. ५५ हजार हस्तान्तरण गर्नुभएको थियो ।

नविन आनन्द योग केन्द्रका अध्यक्ष सुरेन्द्रप्रसाद शर्माले कार्यसमितिका पदाधीकारीहरुबाट योगहल बनाउन रु. २५ लाख जुटाइएको र थप स्रोतको खोजी भएको बताउनुभयो । केन्द्रका सचिव हरिप्रसाद पौडेलले आर्थिक स्रोत जुटाउने अभियानसँगै योगहल निर्माणको काम अघि बढाउन लागिएको बताउनुभयो ।

बेनीमा मन्दिर, होटलका हल र सार्वजनिक भवनमा स्थान परिवर्तन गरेर योग प्रशिक्षण सञ्चालन गरिएको छ । हल अभावमा ठूलो संख्यामा योग प्रशिक्षण सञ्चालन गर्न समस्या भएको छ । बेनीमा १५ वर्ष भन्दा बढी समय देखि केन्द्रका संस्थापक अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले योग प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ । पछिल्लो समय अन्य योग प्रशिक्षकहरु पनि उत्पादन भएका छन् ।

अन्तराष्ट्रिय योग प्रशिक्षकको तालिम लिनुभएकी बेनीकी पवित्रा बोगटी केसीलाई सो कार्यक्रममा सम्मान गरिएको थियो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रको शाखा र हल बनाएर योगअभ्यास सञ्चालन गरिएको छ ।

तातोपानी, बेगखोला, गलेश्वर लगायतका ठाउँमा नियमित योग प्रशिक्षण सञ्चालन हुने गरेको छ । रघुगंगा गाउँपालिकाले योग प्रशिक्षण सञ्चालन गर्न बजेट व्यवस्थापन गर्दै आएको छ । म्याग्दीको बजार र ग्रामिण क्षेत्रमा योगअभ्यास प्रति आकर्षण बढेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...