म्याग्दीका ४० प्रतिशत उमेद्वारले मात्र चुनाव खर्च बुझाए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उमेद्वारहरुले मात्र खर्च विवरण बुझाएका छन् ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ७१८ जना मध्य २८६ जनाले मात्र खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले अझै ६० प्रतिशत उमेद्वारहरुले चुनावको खर्च विवरण नबुझाएका बताउनुभयो ।

“निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ,” उहाँले भन्नुभयो “सार्वजनिक सूचना, स्थानीय तह, मौखिक रुपमा र सम्बद्ध राजनीतिक दलहरु मार्फत विवरण बुझाउन ताकेता गरेका छौ ।” निर्वाचित भएका अधिकांशले विवरण बुझाएपनि पराजित उमेद्वारले खर्च विवरण बुझाउन रुची देखाएका छैनन् ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिकाका ६७ जना, धवलागिरी गाउँपालिकाका ४६ जना, बेनी नगरपालिकाका ७६ जना, मंगला गाउँपालिकाका २४ जना, मालिका गाउँपालिकाका ४६ जना र रघुगंगा गाउँपालिकाका २४ जना उमेद्वारले खर्च विवरण बुझाएका छन् ।

सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिका र कम रघुगंगा गाउँपालिकाका उमेद्वारले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला समन्वय समितिका ९ जना र कार्यपालिका सदस्य निर्वाचनका ६ जना उमेद्वारहरुले पनि खर्च विवरण बुझाएका छन् ।

Bhautik ministry notice about road

अन्नपूर्णमा ९८, धवलागिरीमा ८४, बेनीमा १५६, मंगलामा ९८, मालिकामा १४७ र रघुगंगामा १३५ जना उमेद्वार थिए । निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको थियो । बुझाएका विवरण आयोगको सफ्टवेयरमा भरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु. चार लाख ५० हजार, वडाध्यक्षले रु. दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले रु. तीन लाख ५० हजार र अन्यले रु. एक लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

यसैबीच एक महिनाको अवधिमा म्याग्दीमा एक हजार २९७ जनाले मतदाता नामावली दर्ता गरेका छन् । जिल्ला निर्वाचन र प्रशासन कार्यालयमा ७१४ जना पुरुष र ५८३ जना महिलाले मतदाता नामावली दर्ता गराएका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले जानकारी दिनुभयो ।

अन्य जिल्लाका ३८ जना र एक हजार २५९ जना म्याग्दीकाले तस्विर सहितको नामावली दर्ता गराएका हुन् । आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता खुला गरेको थियो । छ वटा पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि कुल ८५ हजार ३७५ जना मतदाता थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...