सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए

Gandaki Ghumau

बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् ।

प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताउनुभयो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ को एसइईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

Shreekrishna

उहाँका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या २२२ जना छ । यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउने २२२ जना र २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५२२ जना छन् । सबै भन्दा बढी ६४३ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।

Gunasthariya Shiksya

४५६ जनाले १.६ देखि २.०, ११७ जनाले १.२ देखि १.६ र २ जनाले ०.८ देखि १.२ जिपिए ल्याएका छन् । ५ वटा विद्यालयका १३१ जना सहभागी प्राबिधिक धारतर्फ १३ जनाले ३.२ देखि ३.६, ४५ जनाले २.८ देखि ३.२, ५५ जनाले २.४ देखि २.८, १४ जनाले २.० देखि २.४ र एक जनाले १.६ देखि २.० जिपिए ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइई परिक्षामा म्याग्दीबाट दुई हजार २४५ जना सहभागि भएका थिए । बेनी नगरपालिका–९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले जिल्लामै पहिलो पटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनिहरुले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।

सार्वजनिक नतिजा अनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका २ जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

लिटिल गार्डेनबाट एसइईमा सहभागी २२ जना मध्य सबैले ३ भन्दा बढी जिपिए ल्याएका छ । बब्लु र उत्सवको जिपिए धौलागिरी क्षेत्रमै बढी भएको विद्यालयले दावी गरेको छ । उत्सव मंगला गाउँपालिका–३ का हुन् । महोत्तरीका बब्लुको अभिभावक ब्यवसायको शिलशिलामा बेनीमा आएका हुन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...