सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए

khali

बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् ।

प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताउनुभयो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ को एसइईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या २२२ जना छ । यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउने २२२ जना र २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५२२ जना छन् । सबै भन्दा बढी ६४३ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।

khali

४५६ जनाले १.६ देखि २.०, ११७ जनाले १.२ देखि १.६ र २ जनाले ०.८ देखि १.२ जिपिए ल्याएका छन् । ५ वटा विद्यालयका १३१ जना सहभागी प्राबिधिक धारतर्फ १३ जनाले ३.२ देखि ३.६, ४५ जनाले २.८ देखि ३.२, ५५ जनाले २.४ देखि २.८, १४ जनाले २.० देखि २.४ र एक जनाले १.६ देखि २.० जिपिए ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइई परिक्षामा म्याग्दीबाट दुई हजार २४५ जना सहभागि भएका थिए । बेनी नगरपालिका–९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले जिल्लामै पहिलो पटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनिहरुले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।

सार्वजनिक नतिजा अनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका २ जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

लिटिल गार्डेनबाट एसइईमा सहभागी २२ जना मध्य सबैले ३ भन्दा बढी जिपिए ल्याएका छ । बब्लु र उत्सवको जिपिए धौलागिरी क्षेत्रमै बढी भएको विद्यालयले दावी गरेको छ । उत्सव मंगला गाउँपालिका–३ का हुन् । महोत्तरीका बब्लुको अभिभावक ब्यवसायको शिलशिलामा बेनीमा आएका हुन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...