उज्यालो वैकल्पिकबाट तीन जना आमाहरुले एसईई उतिर्ण गरे

Add Samajik bikash office

संस्कृत विद्यालयबाट जिल्लामै पहिलो पटक नौ जना एसईई पास भए

बेनी । म्याग्दीका पौद्ध महिलाहरुले बुढ्यौलीमा माध्यमिक शिक्षा परिक्षा (एसर्ईई) उतिर्ण गरेर पढाईलाई उमेरले नछेक्ने भनाईलाई चरितार्थ गर्नुभएको छ ।

२०७८ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौद्धहरुले इच्छाशक्ति भएमा शिक्षा हाँसिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो ।

Shreekrishna hardwear in news

६२ वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीय योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालीको एसइई उतिर्ण हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

जलजला गाउँपालिका–३ वारीबेनीकी मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छोड्नुभएको थियो । “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइन,” उहाँले भन्नुभयो “सामाजिक संघ संस्थामा काम गर्दा पढाईको आवश्यकता महशुस गरेर उज्यालो विद्यालयमा पढेर एसर्ईईमा सहभागी भएको थिए । सफल भए खुसी लागेको छ ।”

वारीबेनीको आमा समुह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गनुभएकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समुहमा पाँच जनाले फर्म भरेकामा तीन जना सहभागि भएका थिए ।

विभिन्न कारणले बिचैमा पढाई छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौद्धहरुलाई १० कक्षा सम्मको शिक्षाको अवसर दिलाउन बि.स. २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौद्ध महिलाहरुले एसर्ईई उतिर्ण भएका थिए ।

Bhautik ministry notice about road

विद्यालयमा अध्ययनरत आमाहरुले अंक अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोवाईल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् । मासिक रु. ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताहरुले पनि सहयोग गर्दै आएका छन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ को एसइईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या २२२ जना छ । यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउने २२२ जना र २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५२२ जना छन् । सबै भन्दा बढी ६४३ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।

४५६ जनाले १.६ देखि २.०, ११७ जनाले १.२ देखि १.६ र २ जनाले ०.८ देखि १.२ जिपिए ल्याएका छन् । ५ वटा विद्यालयका १३१ जना सहभागी प्राबिधिक धारतर्फ १३ जनाले ३.२ देखि ३.६, ४५ जनाले २.८ देखि ३.२, ५५ जनाले २.४ देखि २.८, १४ जनाले २.० देखि २.४ र एक जनाले १.६ देखि २.० जिपिए ल्याएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइई परिक्षामा म्याग्दीबाट दुई हजार २४५ जना सहभागि भएका थिए । बेनी नगरपालिका–९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले जिल्लामै पहिलो पटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनिहरुले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।

सार्वजनिक नतिजा अनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका २ जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

लिटिल गार्डेनबाट एसइईमा सहभागी २२ जना मध्य सबैले ३ भन्दा बढी जिपिए ल्याएका छ । बब्लु र उत्सवको जिपिए धौलागिरी क्षेत्रमै बढी भएको विद्यालयले दावी गरेको छ । उत्सव मंगला गाउँपालिका–३ का हुन् । महोत्तरीका बब्लुको अभिभावक ब्यवसायको शिलशिलामा बेनीमा आएका हुन् ।

बेनीको प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले दावी गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...