बेनीमा गठेमंगल पर्व मनाइयो

Gandaki Pardesh notice

बेनी । बेनीमा मंगलबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ ।

परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा मंका खल र ल्याम पुचको पहलमा गठेमंगल पर्व मनाउदै आइएको छ ।

Bhautik ministry notice about road

बेनीको संगमचोकमा राखिएको तिनखुट्टे राक्षसको प्रतिकात्मक आकृतीलाइ साँझ परेपछि नेवारी बाजा सहित बजार घुमाएर कालीगण्डकीमा लगेर फालीएको थियो । घण्टाकर्णको स्थानीयबासीले अन्त्य गरेपछी पती बियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाच मार्फत प्रर्दशन गर्ने चलन रहेको छ ।

Shreekrishna hardwear in news

गठेमंगल पर्वदेखी हरितालीका तिज पर्वको दिनसम्म देखाइने बर्खेनाच बेनीका नेवार समुदायको सांस्कृतीक पहिचान मानिन्छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बेनीमा बसोबास भएदेखिनै गठेमंगल पर्व मनाउने र बर्खेनाच देखाउने परम्परागत चलन रहेको भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...