पाखोमा हराभरा केरा खेती

Gandaki Pardesh notice

साजन परियार

बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङका एक व्यवसायिले तीस रोपनी पाखोमा केरा खेती गर्नुभएको छ ।

धाइरीङको केराबारीको पाखोमा एल्भिन फलफूल फार्मका सञ्चालक खेम केसीले केरा खेती गरेर हराभरा बनाउनुभएको हो । तीन वर्षअघि पाखोबारीमा झाडी फाडेर ४०० बोट केराका बिरुवा लगाउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सञ्चालक केसीका अनुसार जग्गा व्यवस्थापन, बिरुवा खरिद, रोप्न र फार्मको संरचना बनाउन रु. १२ लाख लगानी भएको थियो । हाल मासिक रु. ५० हजार आम्दानी हुने केसीले बताउनुभयो । हाल सो फार्ममा केरासँगै लिची, आँप, एभोकाडो, अम्बा, कागतीका थप ५०० बिरुवा छन् ।

१५० घार मौरी पाल्नुभएको छ । दुई हजार ५०० केराका बोट छन् । सरदर एक हजार ५०० बोटले उत्पादन दिन थालेको छ । “एक घारी केराको एक हजार दुई सय देखि एक हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ,” केसीले भन्नुभयो “केराको बिरुवा पनि प्रतिबोट रु. एक सयका दरले बिक्री हुन्छ ।”

म्याग्दी, पर्वत र बागलुङमा केरा र बिरुवा बिक्री हुने केसीले बताउनुभयो । हजारी, मुङग्रे, धुर्से लगायत जातका केरा खेती गर्नुभएको छ । केराखेती अरु फलफुल र बालीको तुलनामा सजिलो भएको केसीको भनाई छ । धानखेतको कान्लामा पनि केरा लगाउनुभएको छ ।

बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका केसी फुर्सदको समयमा कृषि फार्ममा बिताउनुहुन्छ । केसीलाई उहाँकी श्रीमति सपनाले पनि साथ दिनुभएको छ । मालढुङ्गा–बेनी सडक नजिकै रहेको सो फार्ममा कालिजपालन र प्राङगारिक तरकारी खेती विस्तार गर्ने केसीको योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...