गलेश्वरमा साउनको दोस्रो सोमबार तीन लाख १८ हजार भेटि संकलन

Add Samajik bikash office

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको दोस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ ।

सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले साउनको पहिलो सोमबारका दिन रु. तीन लाख १८ हजार ३३२ भेटि संकलन भएको जानकारी दिनुभयो ।

पहिलो सोमबारका दिन रु. तीन लाख ३३ हजार ६६६ भेटि संकलन भएको थियो । कोषका पदाधीकारी, प्रहरी र जनप्रतिनिधीको रोहबरमा भेटि गनिएको हो । संकलित भेटि कोषको बैंक खातामा जम्मा हुन्छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट करिब १८ हजार जना भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुजाआजा र दर्शनका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुबिधा थपिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा साउन महिनाको सोमबार, महाशिवरात्री र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकाक्षा पुरा हुने विश्वास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...