गुर्जामा जुवातास प्रतिबन्धलाई निरन्तरता, तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ ।

अघिल्लो कार्यकालका जनप्रतिनिधीले शुरु गरेको जुवातास खेल्न नदिने निर्णयलाई आइतबार बसेको वडाका जनप्रतिनिधीहरुको बैठकले निरन्तरता दिने निर्णय गरेको हो । वडा अध्यक्ष झक छन्त्याल, कार्यपालिका सदस्य सिताकुमारी छन्त्याल, करन छन्त्याल, वडा सदस्य गुनराम छन्त्याल, केआईसिंह छन्त्याल, सनमाया विक र सचिव अजय यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जुवातास बन्द गरिएको जानकारी दिनुभएको हो ।

निर्णय अनुसार चुरोट, खैनी पूर्ण र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाएका छन् । तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक रु. १०० र तेस्रो पटक देखि दोब्बरका दरले जरिवाना तिराउने निर्णय गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

फोहोर र दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्ने वडा कार्यालयले जनाएको छ । घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिदै आएको छ ।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...