एक वर्षमा म्याग्दीका ७७० घरधुरीमा विद्युत सुविधा विस्तार

Gandaki Pardesh notice

बेनी, म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न ठाउँमा सो संख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र ४००÷२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन बिस्तार गरेर बिद्युत वितरण गरेको जानकारी दिनुभयो ।

रघुगंगाको चिमखोला, दरमिजा, घ्याँसीखर्क, मंगलाको अर्मन, गहते, छिसवाङ, मुसलवारी, मालिकाको घरिथोक, मगरदाङ, पन्थोक, जुग्जा, ओखरबोट, निस्कोट, कोदालीवाङ, धवलागिरीको मुना, फलियागाउँ, दर, सोलवाङ, खारा लगायतका बस्तीमा नयाँ लाइन बिस्तार भएको हो ।
२० वटा नयाँ ट्रान्सफर्मर जडान र बाबियाचौर लगायत केही ठाउँमा वितरण र शाखा लाइनको नांगो हटाएर कालो तार राखिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ ।

Shreekrishna hardwear in news

यस वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत २० हजार ५०५ विद्युतका ग्रहाक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा केन्द्र अन्तरगत १९ हजार ७३४ उपभोक्ता थिए । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत बितरण हुदै आएको छ ।

गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तारका लागि बिनियोजन भएको रु. चार करोड ७५ बजेटबाट ठेक्का लगाइएको एक वटा योजनाको ६० प्रतिशत प्रगति र चार वटाको ठेक्का सम्झौता भएको केन्द्रका प्रमुख झाले बताउनुभयो ।

लाइन विस्तार र मर्मत सुधारका लागि आर्थिक वर्ष २०७६÷७७ का ५ वटा मध्य ४ र २०७७÷७८ का ६ वटा मध्य ५ वटा ठेक्काको काम सकिएको छ । बाँकी एक÷एक वटा ठेक्काको काम यही साउन महिनामा सकिदैछन् ।

Bhautik ministry notice about road

यो आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगंगाको पात्लेखर्क, धवलागिरीको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत आपुर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत एक करोड ३६ लाख ८२ हजार ३४९.१४ युनिट विद्युत खपत भएको छ । रु. १४ करोड ५७ लाख ५५ हजार ७४१ मूल्य बराबरको विद्युत खपत भएको हो । बक्यौता र अग्रिम सहित रु. १४ करोड ८३ लाख १३ हजार ८७६ महशुल संकलन भएकोमा रु. दुई करोड ९९ लाख ३९ हजार ६७३.०६ अनलाइन मार्फत प्राप्त भएको थियो ।

गत वर्ष समयमा महशुल नबुझाउने ३६८ जना उपभोक्ताको लाइन काटेर रु. ४६ लाख ८३ हजार २७३.७३ बक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७७÷७८ मा ५३ जना ग्रहाकको लाइन काटेर रु. २३ लाख ९९ हजार ६८६ रुपैयाँ बक्यौता असुल भएको थियो ।

कालोसूचिमा राखिएका ५ जना ग्रहाकबाट रु. ३९ हजार ३२५ महशुल असुल भएको छ । तारबाट हुक गरेर विद्युत चोरी गर्ने ५ जनालाई रु. एक लाख ६२ हजार ८६५ जरिवाना तिराइएको छ । छ महिना सम्म महशुल नबुझाउनेलाई कालोसुचिमा राखिने प्राधिकरणले जनाएको छ ।

विद्युत आपुर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ । बजार र जोखिमयुक्त क्षेत्रमा पनि नांगो तार विस्थापित गर्न थालिएको छ ।

अनलाइनबाट महशुल भुक्तानी गर्न, फोन मार्फत र सामाजिक सञ्जाल मार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रका प्रमुख झाँले बताउनुभयो । ग्रामिण क्षेत्रका उपभोक्ताले घरमा नआई अनुमानको भरमा मिटर रिडिङ गरिदाँ कुनै समय कम र कुनै महिना अस्वभाविक महशुलको बिल आउने गरेको गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...