गलेश्वरममा भक्तजनको घुईचो

Add Samajik bikash office

सजिना खड्का (प्रतिक्षा)
बेनी, । साउन महिनाको दोस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन गलेश्वरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको हो । मन्दिर देखि प्रवेशद्धार बाहिरसम्म भक्तजनको लाइन लागेको थियो ।

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका साथै बागलुङ लगायत देशका विभिन्न ठाउँबाट उल्लेख्य संख्यामा भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यस वर्षको साउनको २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । कोषका सदस्य सचिब बलबहादुर खत्रीले स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर पुजा व्यवस्थापन गरिएको बताउनुभयो ।

सिसिटिभीबाट पनि निगरानी गर्ने व्यवस्था मिलाइएको छ । शिवको दर्शन, पुजाआजाका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...