ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, नेपाल भाषा मंकाःखल म्याग्दी अन्तरगतको ल्याम्हःपुचःको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

जेनेस श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा सतिष श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ, सहसचिवमा रुविन श्रेष्ठ, सहकोषाध्यक्षमा अभिनेष श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरुमा नेल्सन श्रेष्ठ, विजय श्रेष्ठ, सुमिन श्रेष्ठ, ओस्कार श्रेष्ठ, सन्दीप श्रेष्ठ, सुजन श्रेष्ठ, रेजिन्सा श्रेष्ठ, पेरिसा श्रेष्ठ, बिस्मा श्रेष्ठ, निर्देश शाक्य, सन्दिप श्रेष्ठ, डिल श्रेष्ठ, अभिषेक श्रेष्ठ, सुनिल श्रेष्ठ र सज्जन श्रेष्ठ चयन हुनुभएको ल्याम्हःपुचःका म्याग्दीका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

ल्याम्हःपुचःले पौराणिक कला, संस्कृतिको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका विभिन्न जातजातिहरुसँग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतिको प्रर्वद्धनमा योगदान गर्दै आएको छ । संस्कृतिको पुस्तान्तरण गर्न ल्याम्हःपुचःले विभिन्न पौराणिक नाच सम्बन्धी युवाहरुलाई तालिम दिएको छ ।

Bhautik ministry notice about road

ल्याम्हःपुचःका अध्यक्ष सुविन श्रेष्ठ को सभापतित्व, भाषा मंका खलःका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सचिव सतिस श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल भाषा मंकाःखलःले स्थानीय तहको चुनावमा निर्वाचित बे.न.पा.–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ,सदस्यहरु सृजना श्रेष्ठ,विश्वास श्रेष्ठ(सोहन) र वडा नं–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरीएको थियो ।

उक्त कार्यक्रममा भाषा मंका खलःका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, वडा नं–८ का अध्यक्ष उत्तम कर्माचार्य, खलःका अध्यक्ष कृण्णप्रसाद श्रेष्ठले शुभकामना मन्तब्य र ल्याम्हःपुचःका उपाध्यक्ष विनय श्रेष्ठले धन्यबाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...