लेकफाँट र शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट र वडा नम्बर ६ शालिजामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

गाउँपालिकाको व्यवस्थापन, वडा कार्यालय र लेकफाँट प्रहरी चौकीसँग समन्वय गरेर राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले आर्थिक वर्ष २०७८ र ७९ को अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वडामै पुगे वितरण गरेका हुन् ।

यसअघि गाउँपालिकाले बैंक खातामा पठाउने भत्ता बुझ्न लाभग्राहीहरु म्याग्दीको बेनी स्थित बाणिज्य बैंकको शाखा कार्यालयमा आउने गरेका थिए । गाउँमै भत्ता पाउँदा लाभग्राहीहरुको बेनी आउने जाने खर्च र समयको बचत हुनुका साथै सहज भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वाणिज्य बैंकको बेनी शाखाका प्रबन्धक नवराज ढुंगाना सहित कर्मचारहिरुको टोली भत्ता वितरणका लागि लेकफाँट र शालिजा जानुभएको थियो । साउन ७ गते लेकफाँट र शालिजा स्थित वडा कार्यालय परिसरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
लेकफाँटका १६५ र शालिजाका १४४ जना लाभग्राहीलाई रु. ३० लाख पचास हजार ३०० सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण गरिएको जलजला–६ का वडा सचिव भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

लेकफाँटका वडा अध्यक्ष तिलक जिसी, सालिजाका वडा अध्यक्ष बलबहादुर पुर्जा पुन लगायत जनप्रतिनिधी, वडा सचिव, कर्मचारी र लेकफाँट प्रहरी चौकीका सुरक्षाकर्मीले भत्ता वितरणमा सहजिकरण गर्नुभएको थियो ।

सरकारले ७० वर्ष माथिका जेष्ठ, ६० वर्ष माथिका दलित जेष्ठ, एकल र विधवा महिला, पूर्ण अपाङ्ग तथा अति शशक्त र ५ वर्ष मुनिका दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।

जलजलाका अध्यक्ष राजप्रसाद आचार्यले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिकाले यातायात व्यवस्थापन, वडा र प्रहरीसँग समन्वय गरेको बताउनुभयो । ९ वटा वडा रहेको जलजला गाउँपालिकामा बाणिज्य बैंक, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट बैंककले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले अन्य वडाका लाभग्राहीहरुलाई पनि वडामै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउन बैंकसँग समन्वय र पहल गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...