न्यू देउराली युवा क्लवलाई युवा तथा खेलकुद मन्त्रालयको सहयोग

Add Samajik bikash office

राम्चे, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको न्यु देउराली युवा क्लवलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले नगद सहयोग गरेको छ ।

युवा तथा खेलकुद मन्त्री राजिब गुरुङका स्वकीय सचिवालय संयोजक रोनित गुरुङले शनिबार रु. एक लाख नगदको चेकको डमी क्लवका पदाधीकारीहरुलाई हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

सोही अवसरमा मन्त्रालयको तर्फबाट नागी र काफलडाडाको युवा क्लवलाई भलिबल लगायत खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । राम्चेमा न्यु देउराली युवा क्लवको आयोजनामा साउन १ गतेदेखि साउने संक्रान्ति पर्वको अवसरमा विविध खेलुकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...