मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेरिकाबाट छोरा अमरको नेतृत्वमा मुना भण्डारी, राजेन्द्र केसी, मोतिलाल बिक लगायतबाट संकलन गरेर पठाएको रकम शनिबार सुवेदी र उहाँका श्रीमान बालकृष्ण आचार्यलाई उपलब्ध गराएको बताउनुभयो । साथै कांग्रेस म्याग्दीका नेता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले समेत दुई हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
सुवेदीको केही समय अघि मात्र काठमाडौं स्थित टिचिङ अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको छ । निशालाई आमा फुलकुमारी सुवेदीले मृगौला दिनुभएको हो । २ साउन २०७६ मा बेनी अस्पतालमा सुत्केरी भएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा सुवेदीको दुबै मृगौला फेल भएको रिपोर्ट आएको थियो ।
मृगौला प्रत्यारोपणको लागि काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको थियो । २९ बर्षिया सुवेदीले औषधी सेवन गर्दै आउनुभएको छ । उहाँका अनुसार ,फलोअपको लागि प्रत्येक तीन महिनामा एक पटक अस्पताल जानुपर्छ ।
कमजोर आर्थिक अवस्था भएकोले यस अघि उपचारका लागि भाई नेत्रराजको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो । अहिलेसम्म करिब १६ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । सुवेदीका एक छोरा हुनुहुन्छ । आमा संगै सुवेदीका परिवार बेनी नगरपालिका–८,स्थित खोरियामा बस्नुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...