पुष्पलाल स्मृति दिवस मनाइयो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस शनिबार म्याग्दीमा विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएका हुन् ।

एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा आयोजित कार्यक्रममा स्व. पुष्पलालको तस्विरमा माल्यार्पण गरिएको थियो । उहाँको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले नेपालमा कम्युनिष्ट आन्दोलन र देशको परिवर्तनमा पुष्पलाले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रम एमाले जिल्ला अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, एमाले जिल्ला कमिटी, अनेमसंघ, युवा संघ र अनेरास्ववियुका नेता, कार्यकर्ता तथा एमालेबाट निर्वाचित विभिन्न तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको एमाले म्याग्दीका उपसचिव थमसरा पुनले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैबीच ४४औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर शनिवारै नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा वृक्षारोपण गरिएको छ । बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गलाघाट क्षेत्रमा पर्ने सडकको दायाँ र बाँया क्षेत्रमा कल्कीफुल, धुपी, सल्लासहित विभिन्न प्रजातिका करिब ६० वटा विरुवाहरु रोपिएको एमाले बेनी नगर कमिटीका सचिव सुवास विश्वकर्माले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, बेनी नगर कमिटी उपसचिवद्वय हिराबहादुर थापा र लक्ष्मण केसीसहित एमाले जनप्रतिनिधि, नेता एवं कार्यकर्ताले वृक्षारोपण गरेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...