बेनीमा पर्यटकीय आकर्षण बढाउन सम्भावना खोजिदै

Add Samajik bikash office

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्रमा साहसिक पर्यटनको विकासका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

म्याग्दीमा भित्र्ने पर्यटकको बसाई लम्बाउन गन्तब्य पहिचानका लागि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठको नेतृत्वमा सम्भाव्यता अध्ययन थालिएको हो ।

“लभ्लिहिल, पछै, मल्लाजको डाडा, रुइसे र महभिरको झरनामा नयाँ किसिमको पर्यटकीय पूर्वाधार बनाउन अध्ययन गर्न लागेका छौ,” उहाँले भन्नुभयो “कम्पनी, पब्लिक कम्पनी, निजी, सार्वजनिक र सरकारी साझेदारी मध्य लगानीको कुन उपयुक्त हुन्छ भनेर सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

Shreekrishna hardwear in news

बेनीसँगै म्याग्दीका अन्य स्थानीय तहमा पनि योजनाको अध्ययन गरिने श्रेष्ठले बताउनुभयो । बञ्जिजम्प, स्काईबस, जलयात्रा, जिपलाइन, केबलकार, रक कलाईम्बिङ, क्यानोनिङको माध्यमबाट बेनीमा पर्यटन विकास गर्न सकिने युवा उद्यमी ओस्कार श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार जनप्रतिनिधी, उद्योगी, ब्यापारी र प्रवासी म्याग्देलीका प्रतिनिधीहरुबीच बेनीमा शाहसिक पर्यटनको सम्भावनाको विषयमा छलफल भएको थियो ।

गण्डकी प्रदेश सांसद बिनोद केसीले बेनीको पर्यटन विकासका लागि योजना भित्र्याउन निजी क्षेत्रलाई सुझाव दिदै त्यसलाई कार्यान्वयन गर्न सरकारी तवरबाट सहजिकरण र समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गण्डकी प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि साहसिक पर्यटकीय योजनाको प्रस्ताव लैजाने बताउनुभयो । सम्भाव्यता अध्ययन गरी छिटो प्रतिफल दिने र लगानी जुटाउन सकिने योजना अघि बढाउन सुझाव दिदै त्यसका लागि नगरपालिकाको साथ रहने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जिवनकुमार विश्वकर्मा, बेनपा– ८ का अध्यक्ष उत्तम कर्माचार्य, ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, २ का अध्यक्ष यामबहादुर कार्की, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले तातोपानी कुण्ड, रावणपार्क र लम्भिहिललाई समेटेर साहसिक पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।

कुनै समय ब्यापारिक र पर्यटकीय केन्द्र रहेको बेनी बजार ग्रामिण क्षेत्रमा सडक सञ्चालन विस्तार तथा संघीयता कार्यान्वयनसँगै सुस्ताएको छ । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकको बेनीमा बसाई लम्बाउन सकेमा यहाँको ब्यापार ब्यवसाय र आर्थिक गतिबिधीलाई चलायमान बनाउन सकिने भएकाले पर्यटकीय योजनाको आवश्यकता महशुस गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...