म्याग्दीमा एक वर्षमा ५७० उद्योग र ब्यवसायिक फर्म दर्ता

Add Samajik bikash office

बेनी, म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यवसायिक फर्म थप भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७८ साउन देखि २०७९ असार सम्म दर्ता, नविकरण भएका उद्योग तथा फर्मबाट रु. १६ लाख ८१ हजार ७५० राजस्व संकलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

“पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्महरु कानुनी दायारामा आउनुका साथै उद्यम ब्यवसायतर्फको आकर्षणका कारणले दर्ता संख्या बढेको हो,” उहाँले भन्नुभयो “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दर्ता र नविकरणका क्रममा उद्योगबाट रु. नौ लाख ३०५, वाणिज्यतर्फ रु. सात लाख ६९ हजार २४५ र अन्य शिर्षकमा रु. १२ हजार २०० राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ७६२ वटा उद्योग र ब्यवसायिक फर्म दर्ता भएका थिए ।

यसैगरी रु. २६ लाख आठ हजार १२३ राजस्व संकलन भएको थियो । नयाँ दर्ता भएका ३३८ मध्य २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वटा वाणिज्ण फर्म नविकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यवसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगहरुमा एक हजार ५२८ जनाले रोजगारी पाएका छन् ।

गत आर्थिक वर्षमा कुल रु. एक करोड १३ लाख बजेट मध्य रु. ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशिलता विकास सम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धवलागिरी–७ ताकममा २७, मालिका–५ देविस्थानमा ३४, रघुगंगा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मंगला –२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताउनुभयो ।

१३ जनालाई मेशिन उपकरण खरिद गर्न रु. १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । ७ वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि रु. बीस लाख बिनियोजन भएकोमा ६ वटा योजना सम्पन्न र रु. १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ वटा फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...