मिलनचोक–भुमरालो–सल्यान पदमार्ग निर्माण

Gandaki Pardesh notice

साजन परियार
धाइरीङ । पर्वतको जलजला गाउँपालिका–७ मा मिलनचोक–भुमरालो–सल्यान पदमार्ग निर्माण भएको छ ।

मिलनचोक देखि सल्यान जाने बाटोमा पर्ने ठुलोभिरको उकालोमा रेलिङ र पक्कि सिडी सहितको पैदलमार्ग निर्माण भएको हो । जलजला गाउँपालिका, प्रदेश सरकारको सहयोग र सल्यानका मुकरबहादुर खत्री क्षेत्रीको स्मृतिमा छुट्टा, छुट्टै खण्डमा पदमार्ग निर्माण भएको हो ।

जलजला गाउँपालिकाको रु. ६ लाख अनुदानमा ११० मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खेम केसीले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय मार्फत गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले उपलब्ध गराएको रु. तीन लाख बजेटबाट ५६ मिटर पक्कि पदमार्ग निर्माण भएको छ ।

Shreekrishna hardwear in news

स्वर्गीय मुकरबहादुर खत्री क्षेत्रीको स्मृतिमा उहाँका बुवा यामबहादुर लगायत परिवारका सदस्यहरुको रु. पाँच लाख पचास हजार खर्चमा ८० मिटर रेलिङ सहितको पक्कि पदमार्ग निर्माण भएको छ ।

Bhautik ministry notice about road

गाउँपालिका र केसी परिवारले बनाएको पदमार्गमा रेलिङ छ । प्रदेश सरकारको सहयोगमा बनेको पक्की पदमार्ग हो । सबै पदमार्ग १.५ मिटर फराकिलो भएको गाउँपालिकाका प्राबिधिक धिरज शाहले बताउनुभयो ।

नयाँ आर्थिक वर्ष २०७९÷८० मा सो पदमार्ग निर्माणका लागि प्रदेश सरकारले रु. पाँच लाख बिनियोजन गरेको छ । पदमार्ग निर्माण भएपछि सल्यान, बाँसबोट, किराखोर, छहराका करिब तीन सय घरधुरी लाभान्वित भएका छन् ।

मिलनचोक देखि धार्मिक पर्यटकीय स्थल भूमेथान जान आउनका लागि पनि यो पदमार्ग प्रयोग गर्न सकिन्छ । कृषकहरुलाई तरकारी बजार, घाँसदाउराका लागि जंगलमा जान प्रयोग हुने यो बाटो मिलनचोक देखि सल्यान जोड्ने छोटो पैदलमार्ग हो ।

स्थानीयबासी टेकनारायण आचार्यले उकालो, भिरालो ठाउँमा पदमार्ग बनेपछि आवत जावत सहज बनेको बताउनुभयो । उहाँले अप्ठ्यारो ठाउँमा पनि थप पदमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो । ठुलोभिरमा लडेर चोटपटक लाग्ने र मानिस लडेर ज्यान समेत गएको थियो । सल्यानका मुकरबहादुर खत्री क्षेत्री पनि यही भिरबाट लडेर दिवंगत हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...