बाँसखर्कका गोविन्दको कसरीको म्युजिक भिडियो सार्वजनिक

Gandaki Pardesh notice

बेनी, पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका गोविन्द गर्बुजाको पप गित कसरीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेममा बिछोडको विषयलाई समेटिएको गितको म्युजिक भिडियो जिसी म्युजिक च्यानलको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक भिडयोमा अञ्जु फगामी र अमृत चेपांगको अभिनय रहेको छ । गर्बुजाको स्वर रहेको गितमा संगित डोलराज बाह्घरेको छ ।

Bhautik ministry notice about road

गर्बुजाको यो दोस्रो सांगितिक कोशेली हो । यसअघि उहाँले तिमि बिना बोलको गित बनाउनुभएको थियो । पहिलो गितको सफलतासँगै दोस्रो गित र म्युजिक भिडियो ल्याएको गर्बुजाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...