तातोपानीमा खानेपानी आयोजना निर्माण

Gandaki Pardesh notice

बेनी, बेनी नगरपालिका–४ तातोपानीमा मिटर जडित निजी धारा सहितको खानेपानी योजना निर्माण भएको छ ।

रु. एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो ।

घरघरमा मिटर जडान गरेर खानेपानी वितरण गरिएको तातोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष थमबहादुर खत्रीले बताउनुभयो । “वि.स. २०७२ देखि शुरु भएको आयोजना सात वर्षको प्रयासमा निर्माण सम्पन्न भएको छ,” उहाँले भन्नुभयो “वितरणलाई व्यवस्थित र अनावश्यक पानी खर्च हुन नदिन सबै उपभोक्ताको धारामा मिटर जडान गरिएको छ ।”

Shreekrishna hardwear in news

घरघरमा खानेपानी आपुर्ति हुन थालेपछि तातोपानीवासीको दैनिकी फेरिएको छ । तल्लो, उपल्लो तातोपानी बजार, फापरखेत, मसार, पुलमुख, कान्ला, टिमिलाखर्क, पाटारुख र चौकी टोलमा मिटर जडान गरेर निजी धारामा पानी वितरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कार्यालयको रु. एक करोड २२ लाख १४ हजार ७६ र उपभोक्ताको रु. २४ लाख बराबरको श्रमदानमा आयोजना निर्माण सकिएको छ ।

Bhautik ministry notice about road

“पाइप कार्यालयले खरिद गरेर उपलब्ध गराएको छ । टंकी, आरविटी, इन्टेक, मुख्य लाइन निर्माणमा कार्यालयले खर्च गरेको छ,” उहाँले भन्नुभयो “शाखा र वितरण लाइन खन्न र पुर्न उपभोक्ता समितिले श्रमदान गरेका हुन् । उपभोक्ताले आफू अनुकुलका धारा बनाएका छन् ।”

तातोपानी प्राकृतिक उपचार स्थलको रुपमा परिचित छ । यहाँको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न बर्षेनी हजारौ बिरामीहरु आउने भएकाले खानेपानी आपुर्ति चुनौति बनेको थियो । योजनाबाट स्थानीयवासीका साथै तातोपानी स्नान गर्ने बिरामी र भ्रमणका लागि आउने पर्यटक तथा पाहुनाहरु समेत लाभान्वित भएका छन् ।

स्थानीयबासी दधीलाल अधिकारीका अनुसार यसअघि १५ वटा सार्वजनिक धारामा पालो लगाएर पाइप मार्फत घरघरमा खानेपानी आपुर्ति गरिएको थियो । “स्रोतको कमी र बढ्दो सहरीकरणसँगै खानेपानी आपुर्ति र वितरणमा समस्या भएको थियो,” उहाँले भन्नुभयो “नयाँ आयोजना निर्माणसँगै पानीका कारण हुने सामाजिक द्धन्द हटेको छ ।”

धाराबाट पानी ओसार्दा हुने समयको बचत भएको छ । घरभित्र र आगनमै धारा हुँदा सुरक्षित र सहज भएको छ । खालीखोला, लेतेखोला, टिमिलाखर्क, भित्रिवनको चार वटा मुहानको पानी एक लाख, २० हजार र दश हजार लिटरको तीन वटा टंकीमा संकलन गरेर पाइप मार्फत घरघरमा वितरण गर्ने संरचना बनाइएको छ । तीन हजार ४५० मिटर मुख्य, छ हजार ६११ मिटर शाखा र वितरण, ६ वटा इन्टेक, ३ वटा क्रसिङ लगायतका संरचना निर्माण भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...