कृषि मन्त्री बुढा र सचिव केसीको टोलीद्धारा हरियालीको कृषि फार्म अवलोकन

Add Samajik bikash office

बेनी । गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री चन्द्रबहादुर बुढा (सागर)ले कृषिमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

बेनी नगरपालिका–४ सिंगामा बुधबार हरियाली ग्रुपले सञ्चालन गरेको कृषि फार्मको अवलोकनपछिको अन्तरक्रीयाका क्रममा मन्त्री बुढाले कृषिको व्यवसायिकरणका लागि नीजि क्षेत्रको लगानी आवश्यक देखिएको बताउनुभयो ।

“कृषि उपजको उत्पादन बढाएर आयात घटाउने, रोजगारी सिर्जना र जिवनस्तर सुधार गर्ने राज्यको नीतिलाई नीजी क्षेत्रले साथ दिन आवश्यक छ,” उहाँले भन्नुभयो “साना र मझौला फर्मलाई संरक्षण गर्दै ठूला लगानीका कृषि फार्मलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने महशुस गरेका छौ ।”

Shreekrishna hardwear in news

बजेटको सिमितताले प्रदेशका कार्यक्रम साना र मझौला फार्ममा केन्द्रित हुन पुगेको बताउदै मन्त्री बुढाले ठूला फार्ममा लगानी आकर्षित गर्न बैंकको ब्याजमा अनुदान दिन आवश्यक देखिएको बताउनुभयो । सरकारले कृषि कर्जाको ब्याजमा अनुदान दिदाँ ठूला लगानीकर्ता कृषि फार्ममा आकर्षित हुने मन्त्री बुढाको बुझाई छ ।

Bhautik ministry notice about road

बाली र पशु बिमा कार्यक्रममा अनुदान दिने नीति यसैका लागि ल्याएको मन्त्री बुढाले बताउनुभयो । मन्त्रालयका सचिव हरिबहादुर केसीले कृषि व्यवसायमा आवद्ध जनशक्तिलाई टिकाउने र बजारको व्यवस्थापन अहिलेको चुनौति रहेको बताउनुभयो । उहाँले उत्पादन बढाउन र लागत घटाएर प्रतिस्पर्धी बस्तु बजारमा पठाउन ठूलो मात्रामा उत्पादन गर्नुको विकल्प नभएको बताउनुभयो ।

मन्त्री बुढा र सचिव केसीले हरियाली लगायत ठूला कृषि फार्मले सकारात्मक सन्देशका साथै कृषिमा निजी क्षेत्रलाई सम्भावना देखाएको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दी दूध, मासु र अण्डामा आत्मनिर्भर उन्मुख बनेको र अब तरकारीमा जोड दिनुपर्ने बताउनुभयो ।

हरियाली ग्रुपका सञ्चालक सेरबहादुर केसी र महाप्रबन्धक गोविन्द पौडेलले ४४ जना कृषकको २०३ रोपनी जग्गा भाडामा लिएर कम्पनीको अगुवाईमा कृषक र लगानीकर्ताको सहभागितामा कुखुरा, बाख्रा, कालिज, माछापालन, तरकारी खेती गरिएको जानकारी गराउनुभयो ।

मन्त्री बुढाले हरियालीको फार्म अनुगमनपछि कृषि ज्ञान केन्द्रमा गत आर्थिक वर्षको प्रगति, म्याग्दीको कृषिको अवस्था, सम्भावना र चुनौतिका विषयमा छलफल गर्नुभएको थियो । कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति विवरण जानकारी गराउनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...