ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार सवारी धनी र चालकलाई कारबाही

Add Samajik bikash office

जरिवानाबाट करिब रु. ६४ लाख राजस्व संकलन

बेनी, म्याग्दीमा एक वर्षको अवधिमा नौ हजार भन्दा बढी सवारी धनी र चालकलाई कारबाही गरेर करिब रु. ६४ लाख जरिवाना तिराइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० जना सवारी धनी र चालकलाई रु. ६३ लाख ९१ हजार ५०० जरिवाना तिराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक इन्द्रबहादुर नेपालीले प्रयोजन बिपरित, क्षमता भन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारी धनी पत्र नभएकाहरुलाई कारबाही गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

एक हजार ९५३ वटा मोटरसाइकलबाट रु. १४ लाख ४३ हजार ५००, एक हजार ३४४ ट्याक्टरबाट रु. आठ लाख ९९ हजार ५००, चार हजार ४३६ जिप कारबाट रु. २९ लाख ६२ हजार, ५३६ बसबाट रु. रु. तीन लाख २५ हजार र एक हजार १८१ ट्रकबाट रु. सात लाख ६२ हजार ५ंं०० जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी बैशाख महिनामा एक हजार २५० सवारी धनी र चालकलाई कारबाही गर्दा रु. नौ लाख १५ हजार ५०० जरिवाना असुली भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा चार हजार ८५० सवारी चालक र धनीलाई कारबाही गरेर रु. ३० लाख ७३ हजार ५०० जरिवाना तिराइएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार ६०० सवारी साधनलाई कारबाही गरेर रु. २२ लाख १९ हजार ५००, २०७५÷०७६ मा छ हजार २०० सवारी साधनलाई रु. ४१ लाख ९३ हजार र २०७४÷७५ मा आठ हजार ४०० वटालाई कारबाही गरेर रु. ५७ लाख ६६ हजार ५०० जरिवाना तिराएको थियो ।

गत वर्ष म्याग्दीमा भएका १८ वटा दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । ९ जना गम्भिर र ९ जना साधारण घाइते भएका छन् । ट्राफिक प्रहरी नायव निरिक्षक नेपालीले चेकजाँचका साथै दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित सन्देशमुलक कार्यक्रम पनि गरिएको बताउनुभयो ।

गत पुष १ गतेदेखि बेनी बजारमा एकतर्फी सवारी सञ्चालन भएपछि बजारभित्र दुर्घटना न्युनीकरणमा सहयोग पुगेको छ । यसैबीच नयाँ आर्थिक वर्षदेखि केही ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई गरिने जरिवानाको दर बढेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...