साउनको पहिलो सोमबार गलेश्वरमा तीन लाख ३३ हजार भेटि संकलन

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा एकै दिन रु. तीन लाख तेत्तिस हजार भन्दा बढी भेटि संकलन भएको छ ।

सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले साउनको पहिलो सोमबारका दिन रु. तीन लाख ३३ हजार ६६६ भेटि संकलन भएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“कोषका पदाधीकारी, प्रहरी र जनप्रतिनिधीको रोहबरमा भेटि गनिएको हो,” उहाँले भन्नुभयो “संकलित भेटि कोषको खातामा जम्मा हुन्छ ।” म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट करिब बीस हजार जना भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Shreekrishna

पुजाआजा र दर्शनका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुबिधा थपिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा साउन महिनाको सोमबार, महाशिवरात्री र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...