बेनी अस्पतालको सेवा प्रभावित

Add Samajik bikash office

बेनी । स्वास्थ्यकर्मी अभावमा म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।

कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था निक साइमन इन्स्टिच्युट (एनएसआई) ले पठाएको ४ स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो ।

कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ स्टाफ नर्स, ४ अनमी, ३ ल्याब टेक्नीसियन, ३ हेल्थ असिस्टेन्ट, २ अहेव, २ फार्मेसी सहायक, १ ल्याब असिस्टेन्ट र २ हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधी सकिएको छ ।

Shreekrishna hardwear in news

असार मसान्तबाट एनएसआईको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन ।

एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूर्ण उपचार सेवा बन्द भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ । साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने (सुरक्षित सुत्केरी सेवा) र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने सबै उपचार बन्द भएको विज्ञप्तिमा उल्लेख छ ।

Bhautik ministry notice about road

असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसुति सेवा लिएका ९२ जना मध्य १८ जनाको शल्यक्रिया गरिएको थियो । सेवा बन्द हुदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन् ।

अस्पतालमा ८ कन्सल्टेन्ट डाक्टर र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन । ४० जना अपुग छन । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेलले करार अवधी सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाई र थप जनशक्ती व्यवस्थापन नहुदा समस्या भएको बताउनुभयो ।

मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक–कान–घाँटीसमेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । एनेस्थेसियासँग सम्बन्धित जनशक्ति नहुदा शल्यक्रिया प्रभावित बनेको छ ।

हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका ३ जना कन्सल्टेन्ट, ४ जना मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन । डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र आकस्मिकमा आन्तरिक स्रोतबाट बेहोर्ने गरी कर्मचारी नियुक्त गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

५० शैया क्षमताको बेनी अस्पतालमा बाल रोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत ७ वटा वार्ड (विभाग) छ । सोहीअनुसार प्रत्येक वार्डमा एक जना विशेषज्ञ डाक्टर, एकजना मेडिकल डाक्टर, ४ जना नर्सले सेवा दिने गरेका थिए ।
४ जना मेडिकल अधिकृतको दरबन्दी भएकोमा २ जना अध्ययन बिदामा छन । एक जना रिक्त छ । आठौ तहका मेडिकल अफिसर रहेका डाक्टर कँडेलले बिरामीको उपचारको साथै कार्यालय प्रमुखको रुपमा प्रशासनिक काममा समय दिनुपर्ने बाध्यता छ । ८ जना स्टाफ नर्समध्ये ५ जना मात्र कार्यरत छन ।

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता दिने गरी गत पुषमा नियुक्त गरेका ३ सय ५० स्वास्थ्यकर्मीको करार अवधी सकिएपछि प्रदेशका ११ वटै जिल्लाका अस्पतालको सेवामा असर परेको छ ।

कोरोना कम भएको अवस्थामा स्वास्थ्यकर्मी जिल्ला अस्पतालमा रहेर अन्य बिरामीको उपचारमा खटिएका थिए । नयाँ कर्मचारी नियुक्त नगरी करारमा रहेका कर्मचारीलाई हटाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...