अन्नपूर्णमा वडामै भत्ता वितरण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

यसअघि वडा नम्बर ५ र ६ मा मात्र वडाबाटै भत्ता वितरण गरिदै आएको थियो । यसवर्षदेखि ८ वटै वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, दलित एकल महिला र दलित जेष्ठ नागरिकहरुलाई बैंकका कर्मचारी मार्फत जनप्रतिनिधीको रोहबरमा वडामै भत्ता वितरण गर्न थालिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा नम्बर १ दोवाका १०८ वर्षीय मनबहादुर राम्जालीलाई भत्ता उपलब्ध गराएर वडाबाट भत्ता वितरण गर्ने कार्यक्रम शुरु गरेको अध्यक्ष पुनले बताउनुभयो । सोमबार दोवाका १२६ जनालाई वडामै भत्ता वितरण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकामा गरिमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ । गरिमा बैंकको पोखरेबगर शाखाका प्रबन्धक श्याम थापाले जनप्रतिनिधी र सुरक्षाकर्मीको रोहबरमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको बताउनुभयो ।

जेष्ठ नागरिक र अपाङ्गहरुलाई बैंकमा पुगेर भक्ता बुझ्न समस्या र सास्ती हुने गरेको थियो । गाउँमै भत्ता पाउँदा समयको बचत र सहज भएको छ । झञ्जट हटेको र बैंकसम्म जान आउन हुने खर्च घटेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...