म्याग्दी रनिङ कपको तयारी तिब्र

Gandaki Pardesh notice

बेनी, । दक्षिण कोरीयामा हुन लागेको म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन हुने पुरुष तथा महिला भलिबल प्रतियोगिताको विभिन्न उपसमितिहरु मार्फत तयारी तिब्र बनाइएको हो ।

मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश केसीले संगबुक कुमिन छेयुक ख्वान सउलमा हुने प्रतियोगिताको जुलाई २४ तारिकका दिनदेखि नामदर्ता शुरु गरिने जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतिटिम दर्ता शूल्क तीन लाख पचास हजार वन रहेको छ । प्रतियोगितामा प्रथम, दृतीय र दृतीयलाई क्रमश पन्ध्र लाख, नौ लाख र दुई टिमलाई तीन लाख पचास हजार वनका दरले तृतीय पुरस्कार प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

सञ्चालनका लागि पुस्कल पुनको संयोजकत्वमा समिति बनाएर तयारी गरिएको छ । नाम दर्ताका लागि पुस्कल पुन ०१०७२६३३३६८, गंगाराज बानिया ०१०७३५०८३३३, विकास केसी ०१०७९३७६२६०, सुनेश केसी ०१०५८२१९३५७, मनिष गौचन ०१०८२०५७२८३, दुर्गा भण्डारी ०१०७६७९५९९४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिता सञ्चालन हुने दिन कार्यक्रम स्थलमा ग्लोवल आइएमई बैंक र जिएमआई रेमिटेन्सको सेवा उपलब्ध हुने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...