म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

Add Samajik bikash office

म्याग्दी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको रु. एक अरब २१ करोड ५९ लाख १६ हजार बिनियोजन भएकोमा रु. ८६ करोड ६१ लख ५२ हजार ७८० खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिनुभयो । विकास योजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा बजेट बिनियोजन हुने गर्छ । म्याग्दीमा प्रदेशका १० र संघीय सरकारका ३० वटा कार्यालय छन् ।

पुजिगत शिर्षकमा खर्च भएको मध्य ४४.४५ प्रतिशत अथवा रु. ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको छ । संघीयतर्फ पुजिगत शिर्षकमा रु. चाीलस करोड ४१ लाख २८ हजार बजेट बिनियोजन भएकोमा असार महिनामा रु. १३ करोड चालीस लाख ११ हजार ७७४ सहित कुल रु. २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ ।

Shreekrishna hardwear in news

प्रदेशका कार्यालयमा रु. ८१ करोड १७ लाख ८८ हजार बिनियोजन भएकोमा रु. ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ । खर्च भएको मध्य रु. २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो । संघीय चालुतर्फ रु. तीन अरब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बिनियोजन भएकोमा रु. तीन अरब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४.७२ प्रतिशत खर्च भएको छ ।

Bhautik ministry notice about road

संघीयको रु. ५१ करोड १३ लाख ६७ हजार ७२९ बजेट असारमा खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । प्रदेशको चालु शिर्षकमा रु. ४८ करोड ५३ लाख बिनियोजन भएकोमा रु. ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शिर्षकमा असार महिनामा रु. १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ ।

संघीय र प्रदेशको चालु शिर्षकमा स्थानीय तहहरुलाई दिएको अनुदानको निकासा रकम समेत जोडिएको छ । स्थानीय तहहरुले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने बताइएको छ ।

संघीय र प्रदेशको चालु तथा पुजिगत गरेर गत आर्थिक वर्षमा कुल रु. पाँच अरब १८ करोड ६८ लाख ८२ हजार ३६२ बिनियोजन भएकोमा ८७.४४ प्रतिशत अथवा रु. चार अरब ५२ करोड ५८ लाख ६ हजार ३६३ खर्च भएको छ । पुजिगत शिर्षकको बजेटको ठुलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा सुधार आउन सकेको छैन् ।

यसैगरी गत आर्थिक वर्षमा म्याग्दीका संघीय कार्यालयहरुबाट रु. १५ करोड २१ लाख ५१ हजार १८४ र प्रदेशका कार्यालयबाट रु. दुई करोड ९६ लाख ८ हजार ७८१ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...