बेनी–दरवाङ सडकको बेनी सिम खण्डमा समायोजन भएको भाडादर लागू

Shreekrishna hardware

बेनी, । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकको सार्वजनिक यातायातको नयाँ भाडादर लागु भएकोे छ ।

बेनी देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भएपछि साउन १ गतेदेखि लागूहुने गरी जिल्ला यातायात व्यवस्थापन समितिले नयाँ भाडादर लागू गर्ने निर्णय गरेको थियो ।

असार ३१ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा बसेको समितिको बैठकले कालोपत्र भएको खण्डमा साविकको भन्दा पचास प्रतिशतका दरले सार्वजनिक यातायातको भाडा घटाउने निर्णय गरेको थियो ।

Shreekrishna

बैठकका सहभागी यातायात कम्पनीहरुले निर्णय अनुसार नयाँ भाडादर विवरण आइतबार प्रशासनलाई उपलब्ध गराएका छन् । कालोपत्र सडकको पचास प्रतिशत भाडादर घटाएका व्यवसायीहरुले कालोपत्र नभएको खण्डको भाडादर भने यथावत राखेका छन् ।

Ban devision notice

बेनी देखि सिम सम्मको बसको प्रतिव्यक्ति रु. १३० र दरवाङसम्म रु. २६०, जीपको बेनी देखि तातोपानीसम्म रु. १००, बाबियाचौरसम्म रु. २०० र दरवाङ सम्म रु. ३५०, ट्याक्सीको बेनी देखि तातोपानी रिजर्भ रु. ६००, बाबियाचौर रु. एक हजार, दरवाङ रु. दुई हजार र गलेश्वर रु. २४० भाडा कायम भएको छ । २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक अन्तरगत बेनी देखि विभिन्न ठाउँसम्मको बसको नयाँ भाडादर निर्धारण भएको छ ।

बसमा प्रतिव्यक्ति बेनी देखि डम्मरा रु. २०, चुत्रेनी रु. ३०, बगुवाखोला रु. ३५, नयाँपुल रु. ४०, सिंगा रु. ६०, ठुलोखोला रु. ६५, तातोपानी रु. ८०, सिमलचौर रु. १००, ताराखेत रु. १५०, बाबियाचौर रु. १६०, लामपाटा रु. १७०, रणवाङ रु. २१०, रातोढुङ्गा रु. २२०, तोलवाङ रु. २३० र धाडखर्क रु. २४० कायम भएको छ ।

पूर्वाधार विकास कार्यालयले हालै बेनी देखि सिम सम्मको सडक कालोपत्र गरेको थियो । सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ । यात्रा सहज र छिटो भएको छ ।

सडक कालोपत्र भएपनि भाडादर कच्चि सरहको भएको भन्दै सर्वसाधारणले गुनासो गरेका थिए । प्रशासनमा यातायात व्यवस्था कार्यालय बागलुङ, बेनी नगरपालिका, प्रहरी कार्यालय र यातायात व्यवयायीको संयुक्त बैठक बसेर भाडादर समायोजन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो । कालोपत्र र ढलान भएको बेनी–पाखापानी सडकको बेनी–अर्थुङ्गे खण्डको सडकमा पनि सार्वजनिक यातायातको भाडादर समायोजन गर्नुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...