गलेश्वरममा साउनमा हुने पुजाआजाको तयारी

Gandaki Pardesh notice

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनामा हुने पुजाआजाको तयारी भएको छ ।

साउन २, ९, १६, २३ र ३० गते परेको यस बर्षको सोमबारका दिन हुने बिशेष पुजाआजाको तयारी तिब्र पारिएको गलेश्वर शिवालय क्षेत्र बिकास कोषले जनाएको छ । कोषका सदस्य सचिब बलबहादुर खत्रीले अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेर मेला र पुजाआजाको तयारी गरिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

साउन महिनामा लाग्ने मेला र पुजाआजालाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमितिहरुले तयारी गरेका हुन् ।

Shreekrishna hardwear in news

भ्गवान शिवको प्रिय महिना साउनमा शिवको दर्शन, पुजाआजाका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानीलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनले स्नान गर्ने ब्यवस्था मिलाएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...