नौमति बाजा संरक्षणमा जलजला

Gandaki Pardesh notice

साजन परियार
बेनी । पर्वतको जलजला गाउँपालिकाले नौमती बाजा संरक्षणमा जुटेको छ । मौलिक नौमति बाजाको संरक्षण, प्रर्वद्धन र बाजा समुहलाई प्रोत्साहनका लागि बाजाका सामग्री वितरण गरेको छ ।

जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट, वडा नम्बर ७ धाइरीङ, वडा नम्बर ८ नाग्लीवाङ र ९ बनौका चार वटा समूहलाई नौमति बाजाको सेट सहयोग गरेको हो । वडा नम्बर ९ का वडा अध्यक्ष गौबहादुर पुनका अनुसार नौमती बाजा बितरणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु. छ लाख बजेट बिनियोजन गरेको थियो ।

Bhautik ministry notice about road

सो बजेटबाट गाउँपाकिलाले खरिद गरेको बाजा सेट समूहलाई उपलब्ध गराइएको हो । शनिबार वडा नम्बर ९ बनौको नौमति बाजा समूहलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष पुन, ८ नम्बर वडाका अध्यक्ष हरिविकास जिसी लगायतले बाजा वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कर्णल, दमाह, सहनाई, ट्याम्कुली, झयाली, ढोलकी लगायत नौमती बाजाको सामग्री उपलब्ध गराइएको थियो । बिवाह, छेवार, चौरासी, बिजयउत्सव, खुसीयालीमा बाजा बजाउने चलन छ । बाजाको मौलिकता बचाउदै बाजा बजाउने पेशामा संलग्नहरुको सम्मान र प्रोत्साहनका लागि सामग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...