पदक विजेता खेलाडीलाई सम्मान

Gandaki Ghumau

बेनी । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका म्याग्दीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले शनिवार बेनीमा सम्मान गरेको छ ।

राष्ट्रिय स्तरको कवड्डीमा गण्डकी प्रदेशलाई रजत पदक जिताउन सफल गिता थजाली, शिला पुर्जा, गोमा विक, तेक्वान्दोमा गण्डकीलाई रजत पदक जिताएका दिपेश पुर्जा, भलिबलमा गण्डकीलाई कास्यपदक जिताउन सफल सजिना बुढाथोकी, सविता बुढाथोकी, अनिसा रोका र करातेमा कास्य पदक जिताउने प्रेरणा रोकालाई सम्मान गरिएको थियो ।

Gunasthariya Shiksya

राष्ट्रियस्तरको राष्ट्रपति कपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै म्याग्दीका ९ जना खेलाडी छनोट भएका थिए । सहभागी खेलाडीमध्ये ८ जनाले पदक जितेका खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

Shreekrishna

अध्यक्ष केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राई, प्रशिक्षक कर्ण प्रधान लगायतले खेलाडीहरुलाई प्रमाणपत्र र नगद सहित सम्मान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...