जलजलामा शैक्षिक सुधारका विषयमा छलफल

Add Samajik bikash office

साजन परियार
बेनी । पर्वतको जलजला गाउँपालिकाका पदाधीकारीहरुले शैक्षिक सुधारका विषयमा वडा तहमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक, भौतिक अवस्था, समस्या, सम्भावना र चुनौति पहिचानका लागि अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्य पालिकाका नौ वटै वडामा पुगेर अनुगमन र छलफल गर्नुभएको हो ।

गुणस्तरीय एवं प्रभावकारी शिक्षाको लागि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीबीच छलफल तथा अन्तक्रीया गर्नुभएको छ ।

Shreekrishna hardwear in news

छलफलका क्रममा शिक्षकको क्षमता विकास, पूर्वाधार भएका विद्यालयमा प्राविधिक विषयको पठनपाठन, शिक्षक दरबन्दी मिलान र व्यवस्थापन, नमुना विद्यालयको अनुगमन, भ्रमणको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले ग्रामिण क्षेत्रको विकासका लागि शैक्षिक सुधार गरि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, योग्य जनशक्ति तयार पानुपर्ने चुनौति रहेको बताउनुभयो । नतिजाको अधारमा जिम्मेवार र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई सम्मान तथा लापरवाही गर्नेलाई जवाफदेही र सजायको भागिदार बनाइने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले शिक्षक, विद्यार्थी, व्यवस्थान समिति र अभिभावकको सक्रीयताबाट विद्यालयको सुधार गर्न सकिने बताउदै पूर्वाधार, जनशक्ति व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बनाउन प्राथमिकता दिइएकाले त्यही अनुसारको वातावरण विद्यालयमा बनाउनुपर्ने बताउनुभयो । विद्यालयमा ल्यापटप वितरण, प्रअसँग नियमित बैठक, विद्यालय पूर्वाधार निर्माणको कार्यक्रम गर्दै आएको जलजला गाउँपालिकाले आफ्नै पाठ्यक्रम र पुस्तक बनाउने तयारीमा जुटेको जनाएको छ ।

अध्यक्ष र उपाध्यक्ष आचार्यद्धयको टोलीले विद्यालयको बाहिरी र भौतिक अवस्थाको साथसाथै कक्षा अवलोकन पनि गर्नुभएको थियो । बाँसखर्क, मल्लाज, लेकफाँट, शालिजा, धाइरीङ, नाग्लीवाङ र बनौमा शैक्षिक अन्तिरक्रीया गरिएको गाउँपालिकाले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...