प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

Add Samajik bikash office

बेनी । पर्वतको जलजला गाउँपालिकामा रहेका प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।

Bhautik ministry notice about road

गाउँपालिकाले विपद् व्यवस्थापन कोष तथा अन्य विभिन्न शिर्षकबाट बजेट विनियोजन गरी लेखफाँट, वारीवेनी र मिलनचोक प्रहरी चौकीलाई सामग्री उपलब्ध गराएको हो । गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सामग्रीले विपद्को समयमा तत्काल उद्धारमा सहयोग पुग्ने र प्रहरीलाई सहज हुने बताउनुभयो ।

बेल्चा, गैची, सावेल, रसि, आसि, हातेआरा, हेल्मेट, ट्रयाकसुट, बुट लगायतका सामग्री प्रदान गरेको हो । यस अघि पनि गाउँपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थालाई विपद्को समयमा आवश्यक पर्ने प्राथमिक उपचारसम्बद्ध सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...