एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

Add Samajik bikash office

प्रकाश अधिकारी
बेनी । एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम शनिबार बेनीमा सम्पन्न भएको छ ।

शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयन शिक्षकको पेशागत विकासका लागि आधारभूत तह (१–३)मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम गरिएको हो ।

विस्तारित शाखाका प्रशिक्षक झलक प्रसाद सुवेदीको संयोजकत्वमा सञ्चालित तालिममा शिक्षा तालिम केन्द्र तनहुँको प्रकाश देवकोटा, दामोदर कार्की, रोष्टर शिक्षक इन्द्रा खड्का र बालकृष्ण सापकोटाले सहजीकरण गरेका थिए ।

Shreekrishna hardwear in news

तालिम केन्द्रका प्रशिक्षक सुवेदीले एकीकृत पाठ्यक्रम आधारभूत तह अन्तर्गत कक्षा १ देखि ३ को पाठ्यक्रमको समग्र संरचनालाई सेरोफेरो, गणित र भाषा अन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषय क्षेत्रमा समायोजन गरी बहुविषयक र केही विषयगत क्षेत्रमा सङ्गठित गरिएको बताउनुभयो ।

संरचनागत रूपमा गणित र भाषा विषयहरू बहुविषयक ढाँचामा निर्मित छन् । सिकाइ उपलब्धि तथा विषयवस्तुहरू अन्तरसम्बन्धित थिममा आधारित छन् भने सेरोफेरोमा समावेश भएका विषयहरूलाई अन्तरविषयक ढाँचामा एकीकृत गरिएको हुँदा उक्त विषयक्षेत्रको शिक्षण सिकाइ क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

शिक्षा तालिम केन्द्र तनहुँका प्रकाश देवकोटाले विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी तयार गरिएको एक अर्को विषय बिचको उद्देश्यहरुसँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकीकृत पाठ्यक्रम भएको बताउनुभयो ।

बहु विषयक र अन्तर विषयक ढाँचामा तयार गरिएका यस पाठ्यक्रम केवल प्रारूपमा मात्र नयाँ नभएर शैक्षणिक रूपान्तरण नै भएकोले यसको कार्यान्वयनमा साझा प्रयास अपरिहार्य रहेको उहाँको भनाई थियो । अहिलेको एकीकृत पाठ्यक्रमले तोकिएको सबै विषयका विषयबस्तु तथा क्षेत्रमा साझा थिम निर्माण गरेको छ ।
विद्यार्थीका दैनिक जीवनका यथार्थ समस्या समाधान गर्न सहयोग पु¥याउन सोचाई सिप, वैयक्तिक सीपहरु, अन्तरवैयक्तिक सिपहरु, सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु र नागरिक सिप पाँच क्षेत्रमा २९ वटा ब्यवहार कुशल सीपहरू रहेको उहाँले बताउनुभयो ।

विषयगत रुपमा एकीकृत गरेर तोकिएका सिकाइ उपलब्धि वा सक्षमतालाई व्यवहार कुशल सिपसँग जोड्ने र बालबालिकाहरूले उक्त सिप हासिल गर्नका लागि बिभिन्न क्रियाकलापमा सरिक गराउँदै सिकाइ सक्षमतासँग जोड्ने कुरामा जोड दिंदै शिक्षकको क्षमता विकास गर्नुपर्ने सहजकर्ता देवकोटाले बताउनुभयो ।

‘एकीकृत पाठ्यक्रममा विद्यार्थी मूल्याङ्कन अर्को जटिल पक्षको रूपमा रहेको छ, विद्यार्थी मूल्याङ्कनलाई शिक्षण सिकाइसँग कसरी जोड्ने ? विद्यार्थी मूल्याङ्कन गर्दा निर्धारित सिकाइ उपलब्धि विद्यार्थीले के कति हासिल गर्न सके सकेनन् भन्ने लेखाजोखा गर्न सकिने प्रक्रिया र साधनको प्रयोग कसरी गर्ने ? सिकाइलाई कसरी श्रेणीकरण गर्ने ? सिकाइको अवस्था १, २ वा ३ रहने विद्यार्थीको लागि पटक पटक थप सिक्ने अवसर दिई सिकाइ स्तर ४ मा पुर्याउन थप उपचारात्मक सिकाइ कसरी गर्ने र त्यसपछि उपलब्धिस्तरलाई अक्षराङ्कन पद्धतिसँग मिलान गरी विद्यार्थीको सिकाइस्तरलाई ग्रेडिङ गनुपर्ने कुरामा शिक्षकहरूलाई सहायता पु¥याउनु पर्ने सहजकर्ता दामोदर कार्कीले बताउनुभयो ।

सहजीकरणकै क्रममा पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी कार्यपुस्तक र विद्यार्थी मूल्यांकन कार्यविधिको अन्तरसम्बन्ध र प्रयोगबारे पनि सहभागीबाट उठेका प्रश्नहरूको समाधान गर्दै आगामी दिनमा पनि परस्परमा सिकाइ तथा ज्ञान सिप आदान प्रदान गर्दै पाठ्यक्रमको कार्यान्वयनमा हातेमालो गरिने सुवेदीले बताउनुभयो ।

कार्यक्रममा रोष्टर शिक्षक इन्द्रा खड्काले नेपाली विषय र बालकृष्ण सापकोटाले अंग्रेजी विषय, प्रशिक्षक झलक सुवेदीले गणित विषयको पाठ्यक्रम, विद्यार्थी कार्यपुस्तकबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अनुभव मन्तब्य राख्दै शिक्षक विजय शर्मा र दिलमाया श्रीसले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँहरुले प्रत्येक शिक्षकको मनमष्तिष्कबाट नै शैक्षिक परिवर्तनको अभ्यास शुरू हुने भन्दै तालिममा सिकेका कुराहरु व्यावहारमा लागु गर्ने प्रतिवद्धता समेत जनााउनुभयो । तालिममा ३० जना शिक्षकहरुको सहभागिता थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...