अन्नपूर्ण गाउँपालिकामा आज सार्वजनिक विदा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउन १ गते आइतबार सार्वजनिक विदा दिएको छ ।

असार ३१ गते वसेको कार्यपालिका बैठकले साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले अधिकांश बासिन्दाले महत्वका साथ मनाउने साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको बताउनुभयो । गाउँपालिका, वडा, शाखा कार्यालय, स्वास्थ्य, शैक्षिक संस्थामा बिदा दिइएको हो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकामा मगर समुदायको बाहूल्य बसोवास छ । मगर समुदायले साउने र माघे संक्रान्ति पर्वलाई विषेश महत्वका साथ मनाउने चलन छ । आफन्त, इष्टमित्र भेटघाट हुने, छोरी चेलीलाई बोलाएर मिठा खाने कुरा खुवाउने गर्दछन् । यसैगरी पुख्यौली नृत्य प्रर्दशन गरेर रमाईलो गर्दछन् । यसैबीच नेपाल मगर संघ म्याग्दीले आइतबार स्थानीय तहमा निर्वाचित मगर जनप्रतिनिधीहरुलाई सम्मान गर्ने भएको छ ।

Shreekrishna hardwear in news

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...