म्याग्दीका तीन वटा सामुदायिक वन समूह पुरस्कृत

Add Samajik bikash office

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार तीन वटा सामुदायिक वन समूहलाई पुरस्कृत गरेको छ ।

साथै एक÷एक जना कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । रघुगंगा–५ को शिव महिला, मंगला–३ र ४ को टाडीबिसौना तथा मालिका–६ को घैरेनी वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो ।

शिव, टाडीबिसौना र घैरेनीले प्रथम, दृतीय र तृतीय पुरस्कार वापत क्रमश ः नगद रु. दश हजार, सात हजार र पाँच हजार प्राप्त गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना र निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शिव महिलाकी सचिव धनमाया गोतामे, टाडीबिसौनाकी अध्यक्ष मनसुवी सापकोटा र धैरेनीकी अध्यक्ष हरिमाया बिकलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा वन रक्षक राजेन्द्र सापकोटा र पत्रकार सन्तोष गौतमलाई प्रशंसापत्र तथा दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जिल्लाभर रहेका ३१४ वटा सामुदायिक वन समूह मध्य सब वन डिभिजन कार्यालयको सिफारिस र कार्यबिधी अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट काम गर्ने तीन वटा समूह छनौट गरिएको बताउनुभयो ।

कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत रानाभाटले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारबाट बिनियोजन भएको रु. एक करोडड ७० लाख बजेट मध्य पुजिगत तर्फका अधिकांश कार्यक्रम कार्यान्वयन भएको जानकारी गराउनुभयो । विभिन्न शिर्षकमा रु. १६ लाख ४३ हजार ९०६ राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख थापा र प्रमुख जिल्ला अधिकारी रानाले वन तथा वातावरण संरक्षणमा योगदान गरेका सामुदायिक वन समूहलाई पुरस्कारले प्रोत्साहन मिल्ने बताउनुभयो । प्रथम भएको शिव महिला सामुदायिक वन उपभोक्ता समूहकी सचिव गोतामेले वन विस्तारका लागि नर्सरी स्थापना र विरुवा उत्पादनमा सघाउन आग्रह गर्नुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...