बेनी पूर्णखोप सुनिश्चित

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले लक्षित उमेर समुहका ३१७ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने १२ प्रकारका रोग विरुद्धको सबै खोप लगाएका जानकारी दिनुभयो । जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुले आगामी दिनमा लक्षित समुदायका सवै बालबालिकालाई खोप सुविधा उपलब्ध गराउने प्रतिविद्धता जनाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने पौडेल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले पूर्णखोप सुनिश्चितता नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

पूर्णखोप सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रीयाहरु पुरा गरी घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...