कसरी करेन्ट लागेर गाई मरे ?

Add Samajik bikash office

बेनी,। बेनीमा शनिबार करेन्ट लागेर दुई वटा गाई मरेका छन् ।

बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा चर्न गएका छाडा गाई करेन्ट लागेर मरेका हुन् । पोलबाट उपभोक्ताको घरमा विद्युत लगिएको तारबाट बिजुली चुहावट भएर पोलमा टासिन गएका गाईलाई करेन्ट लागेर मरेका नेपाल विद्युत प्राधिकरणको बेनी विततरण केन्द्रले जनाएको छ ।

Bhautik ministry notice about road

अस्पताल परिसरभित्र करेन्ट प्रवाह भएर पशुचौपाया मरेपछि आसपासका क्षेत्रमा विद्युत चुहावटको रहेको हुनसक्ने भन्दै स्थानीयले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । बाच्छा मरेको नजिकै काटिएको अवस्थामा तार भेटिएको थियो ।

Shreekrishna hardwear in news

पछिल्लो समय बेनीको ब्यस्त सडकमै तार पड्किने समस्या देखिएको छ । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बजारभित्र नांगो तार विस्थापित गरेर एविसी केबुलबाट विद्युत वितरणको प्रयास गरिएपनि केवुल र इन्टरनेटका अवस्थित तालका कारण समस्या भएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...