ओखरबोटका ताल ओझेलमा

Add Samajik bikash office

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल ओझेलमा परेका छन् ।

प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा पर्यटकीय सम्भावना बोकेका ताल ओझेलमा परेका हुन् । जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन् । तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने सिस्नेरीका काजिमान बुढाथोकीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

खवाङका चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन् ।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार सिस्नेरीको लपसुरसम्म गाडीमा गएर त्यहाँबाट एक घण्टा पैदल हिडेपछि पुठा ताल पुग्न सकिन्छ । नजिक नजिक रहेका तीन वटा ताल, सोलेडाडालाई समेटेर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजना रहेको कार्यपालिका सदस्य खड्काथोकीले बताउनुभयो ।

पुठातालबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजङ्गल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ । जङ्गलको बीच भागमा रहेका तीनवटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ । ताल भएको ठाउँबाट हिमाल र पहाडी भूगोलको पनि मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...