मालिकाका बालविकास शिक्षकहरुलाई पुर्नताजगी तालिम

Gandaki Pardesh notice

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार बालविकास शिक्षकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

मालिका गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्ने संगम म्याग्दिको संयुक्त आयोजनामा भएको तालिम तीन दिन सम्म सञ्चालन भएको थियो ।

४० जना बाल विकास सहजकर्ताको लागि बाल विकास सामाग्री निर्माण तथा प्रयोगका विषयमा व्यवहारिक र सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो । असार १९ देखि २४ गतेसम्म दुई वटा समूहमा २०÷२० जनाको सहभागिता थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिमको सेतो गुंरास बाल विकास सेवा वाग्लुङको सहजकर्ता पम्फा खड्काले सहजीकरण गर्नुभएको थियो । मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा, शिक्षा अधिकृत अशोक रिजाल, संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत चन्द्रप्रकाश बुढा मगर र मालिका गाउँपालिका शिक्षा स्वयंसेवक नबिना पुन लगाएतको उपस्थितिमा तालिम समापन गरिएको थियो ।

समापन समारोहमा बोल्दै पालिका अध्यक्ष गर्बुजाले वालविकास कक्षा व्यबस्थित गर्नको लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । शिक्षा अधिकृत रिजालले बाल विकास कक्षामा शिक्षण सिकाई गर्नु एकदमै कठिन कार्य भएता पनि यो किसिमका तालिमले कक्षा सहजीकरण गर्नमा सहयोग मिल्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...