खबरा र हाडेभिरमा सडक कालोपत्र

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो ।

करिब २० किलोमिटर दुरिको बागलुङ–बेनी सडकको तीन किलोमिटर आठ सय मिटर दुरिको भुवाने–हुलाके बाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले वि.स. २०७७ साउनमा कर सहित रु. पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो ।

कोरोना र सार्वजनिक खरिद ऐनमा भएको संसोधन अनुसार यही असार सम्म थपिएको थियो । निर्माण कम्पनीका प्रतिनिधी प्रदिप सापकोटाले एक किलोमिटर दुई सय मिटर सडक कालोपत्र गर्ने काम बिहिबार सकिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“भत्किएको नाली सफा र पर्खाल मर्मत तथा ट्राफिक संकेत चिन्ह राखेर हस्तान्तरण गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “हाडेभिरको पहाड काटेको ठाउँमा ढलान भएको छ ।” कच्चि, साँघुरो र ग्रेड तथा घुम्ति नमिलेको सडकलाई कम्नीमा सात मिटरका दरले कालोपत्रे गरिएको छ । पहिरो रोकथामका लागि पर्खाल र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको छ ।

हाडेभिरको पहाड काटेर सडक विस्तार गर्न स्थानीय प्रशासनसँग समन्वय गरी समय तालिका बनाएर यातायात सञ्चालन गरिएको थियो । सदरमुकाम नजिकै भएपनि हाँडेभिर र खबराको सडक बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने समस्या थियो ।

Bhautik ministry notice about road

कालोपत्र भएपछि सहज र सुरक्षित रुपमा यात्रा गर्न पाएको खबराका बासिन्दा कमल सुवेदीले बताउनुभयो । “हिलो र धुलोबाट मुक्ति मिलेको छ,” उहाँले भन्नुभयो “भसभसेको पहिरो नियन्त्रण गर्न सकेमा यो सडक दिगो हुने थियो ।”

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले निर्माण व्यवसायीले डिबिएसडी प्रबिधीको कालोपत्र भएको बताउनुभयो । “कामको मूल्याङ्कन, अनुगमन र नापचाँज गरेपछि हस्तान्तरण हुन्छ,” उहाँले भन्नुभयो “मौसमले साथ दियो र निर्माण व्यवसायीले निर्माण सामग्री, उपकरण र मजदुर व्यवस्थापन गर्न सकेकाले कालोपत्र गर्न सकियो ।”

बागलुङ–बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । यो सडकको वि.स. २०५२ मा मार्ग खुलेको थियो । बागलुङको रामरेखाबाट दश वर्षअघिदेखि सडक कालोपत्र गर्न थालिएको थियो ।

९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने–खबरा खण्डका निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किएपनि यसपाली पूर्णाता नपाउने देखिएको छ । रत्नेचौर देखि खबरा सम्मको सडक कालोपत्रे नसकिदै लकडाउन (बन्दाबन्दी) भएर बि.स. २०७६ चैत महिनादेखि रोकिएको थियो ।

रु. तेह् करोड १५ लाखमा नागार्जुन देब एण्ड सायर बिएन जेभीले ठेक्का लिएको थियो । बि.स. २०७६ माघमा सात देखि दश मिटर फराकिलो बनाएर बिस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रबिधीको कालोपत्रे बिछ्याइएको थियो । कोरोना (भाइरस)को महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन् ।

बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ । पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री परिचालन भएपनि पूर्णता पाउन केही समय लाग्ने भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...