बालगृहमा स्वास्थ्य परिक्षण

Add Samajik bikash office

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तरगत बालगृहमा रहेका बालबालिकाहरुको स्वास्थ्य समस्या पहिचानका लागि शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिनुभयो । पर्वत अस्पतालका बालरोग विशेषज्ञ डा. कुशल बरालले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...